गुराँस लघुवित्तको आइपिओ वैशाख १६ देखि खुल्ने, आवेदन २० गतेसम्म भर्न सकिने

काठमाडौं, बैशाख ८ । गुराँस लघुवित्त वित्तिय संस्थाको आइपिओ वैशाख १६ देखि विक्री खुला हुने भएको छ ।

प्रतिकित्ता सय रुपैयाँका दरले २ लाख ५० हजार कित्ता आइपिओ कम्पनीले जारी गर्न लागेको हो ।


यस मध्य कर्मचारी र सामुहिक लगानी कोषलाई क्रमश : ३ हजार ८ सय ७५ कित्ता र १२ हजार ५ सय कित्ता छुट्याइएको छ ।

बाँकी २ लाख ३३ हजार ६ सय ६५ कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिएको हो ।

न्युनतम १० कित्तादेखि अधिकत्तम ५०० कित्तासम्मका लागि आवेदन दिन सकिने यस आइपिओ वैशाख २० गतेसम्म भर्न सकिनेछ ।

यसको बिक्री प्रबन्धक एनआइबीएल एस क्यासिपटल हो ।

प्रतिक्रिया दिनुहोस्