संघीय संसदको बजेट अधिवेशन वैशाख १६ गतेदेखि , सम्पुर्ण तयारी पुरा
काठमाडौं, बैशाख ८ । संघीय संसदको बजेट अर्थात् वर्षे अधिवेशन वैशाख १६ गतेदेखि सुरु हुने भएको छ ।
संघीय संसदको बजेट अधिवेशन वैशनाख १६ गतेका लागि बोलाइएको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख १६ गतेका लागि बजेट अधिवेशन अर्थात संसदको वर्षे अधिवेशन आह्वान गरेकी हुन् ।
वर्षे अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिनुका साथै त्यसमाथि छलफल गरेर पारित गरिन्छ ।
संविधानको व्यवस्थाअनुसार जेठ १५ गते संसदमा बजेट पेश गर्नुपर्छ ।
त्यसअघि सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्ने प्रचलन छ ।
यसवर्ष वैशाख २० गते राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संघीय संसद सचिवालयले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्