श्रीलंकाका विभिन्न ठाउँमा बम विस्फोट : एक सय ५ जनाको ज्यान गयो, ३ सय घाइते

काठमाडौं, बैशाख ८ । श्रीलंकामा चर्च र होटलमा आक्रमण भएको छ । आक्रमणबाट एक सय ५ जनाको ज्यान गएको छ ।


‘इस्टर सनडे’का अवसरमा प्रार्थना गरिरहेकालाई लक्षित गरी श्रीलंकाका विभिन्न ठाउँमा बम विस्फोट भएको हो ।

अन्तर्रा्ष्ट्रिय सञ्चार संस्था बीबीसी सिंहला सेवाका संवाददाता अज्जाम अमीनका अनुसार, यी धमाकामा कम्तीमा एक सय ५ जनाले ज्यान गुमाएका छन् भने झण्डै ३ सय घाइते भएका छन् । घाइतेहरुलाई राजधानी कोलम्बोको विभिन्न अस्पाताल लगिएको छ ।

कोलम्बोको सेन्ट एन्टोनियो चर्चमा बम विस्फोट भएको हो । इस्टरको प्रार्थनाका लागि मानिसहरु एकत्रित भएको समयमा बम विस्फोट भएको हो ।
विस्फोटपछि शहरको सुरक्षा व्यवस्था कडा बनाइएको छ । घटनास्थलमा राहत र उद्धारको कार्य जारी छ । अहिलेसम्म यो घटनाको कसैले पनि जिम्मा लिएको छैन ।

प्रतिक्रिया दिनुहोस्