अब रहेनन् शब्दकोशकार तथा साहित्यकार शर्म्मा
काठमाडौं , बैशाख ७ । साहित्यकार तथा शब्दकोशकार वसन्तकुमार शर्म्मा ‘नेपाल’को शनिवार ९१ वर्षको उमेरमा निधन भएको छ।
उनका नाति डा. विपीन नेपालका अनुसार केही समयदेखि छातीको सङ्क्रमणका कारण अस्वस्थ रहेका नेपालको शनिवार दिउँसो चाबहिलस्थित आफ्नै निवास निधन भएको हो।
उनका ‘नेपाली शब्दसागर’ शब्दकोश तथा अन्य दर्जनौँ साहित्यिक कृति प्रकाशित छन्। नेपाली शब्दसागरमा एक लाख २५ हजार मूलशब्द प्रविष्ट छन्।
संस्कृत साहित्यमा स्नातक र नेपालीमा स्नातकोत्तर गरेका उनको जन्म वि.सं. १९८४ को रामनवमीको दिन पिता पण्डित दिवाकर शर्मा र माता हेमकुमारी देवीको कोखबाट महाराजगन्जमा भएको थियो।
उनले लामो समय विभिन्न विद्यालय र क्याम्पसहरूमा अध्यापन पनि गरे। उनले संस्कृत साहित्यका विभिन्न कृतिहरूको नेपालीमा भानुवादसमेत गरेका छन्।
प्रतिक्रिया दिनुहोस्