रसुवागढी हाइड्रोपावर र सान्जेन जलविद्युत कम्पनीको आइपीओ पहिलो दिन नै उत्साहजनक आवेदन


काठमाडौं,७ बैशाख । रसुवागढी हाइड्रोपावर कम्पनी र सान्जेन जलविद्युत कम्पनीको आइपीओ खुलेको पहिलो दिन नै उत्साहजनक आवेदन परेको छ । शुक्रबार दिउँसोसम्म सान्जेन जलविद्युत कम्पनीको आइपीओमा १३ लाख कित्ताका लागि आवेदन परेको छ । बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार शुक्रबार दिउँसो २ बजेसम्ममा २४ हजार जनाले १३ करोड रुपैयाँको सेयर भरेका हुन् ।

यता, रसुवागढी हाइड्रोपावर कम्पनीको आइपीओमा १७ लाख ३८ हजार कित्ताका लागि आवेदन परेको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्पापिटलका अनुसार शुक्रबार दिउँसो २ः३० बजेसम्म २६ हजार ३३४ जनाले १७ करोड ३८ लाख ८ हजार रुपैयाँ बराबरको सेयर भरेका हुन् ।

दुवै कम्पनिले शुक्रबार (वैशाख ६ गते) आइपीओ बिक्री खुला गरेका हुन् । दुवै कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले आइपीओ बिक्री खुला गरेका हुन् । न्यूनतम १ हजार रुपैयाँमा १० कित्ताकै लागि आवेदन दिन पाइनेछ । सान्जेनमा अधिकतम २ हजार र रसुवागढीमा अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन पाइनेछ ।

प्रतिक्रिया दिनुहोस्