आजका पत्रपत्रिकाः चाउचाउ र खुर्सानीको भरमा खेलाडी, कि क्रोनिक बने एक हजार आयोजना

काठमाडौं, ७ बैशाख । संघीय राजधानी काठमाडौंबाट प्रकाशित भएका राष्ट्रिय दैनिक पत्रपत्रिकाहरुले फरक फरक विषय वस्तुलाई प्रमुख समाचार बनाई प्रकाशित गरेको छन् ।

कान्तिपुर राष्ट्रिय दैनिकले आठौं राष्ट्रिय खेलकुदका खेलाडीहरु चाउचाउ र खुर्सानीको भरमा शिर्षक बनाई खेलकुदको समाचारलाई मुख्य समाार बनाई प्रकाशित गरेको छ । तुलसीपुरस्थित बेलझुण्डीमा अन्तराष्ट्रियस्तरको एथलेटिक्स खेलमा खाना समेत खान नपाई दौडिन परेको समाचारले सार छ । यसरी खाउचाउको भरमा प्रतिस्पर्धा गरिरहेको समाचार छापेको छ । प्रदेश १ को प्रतिनिधित्व गरेका सम्पाल्मु शेर्पा, दिर्पा बस्नेत र अजिता गिरीले साँधेको चाउचाउ खाइरहेको तस्वीरसहितको समाचारमा लेखिएको छ, ‘तुलसीपुरस्थित बेलझुण्डीमा अन्तराष्ट्रियस्तरको एथलेटिक्स ट्रयाक त बनेको छ । नजिकै बस्ती र पसल नहुँदा खेलाडीले भोकसमेत मेट्न पाएका छैनन् ।’ कान्तिपुरले माओवादी पूर्वलडाकुहरु छोराछोरी भर्ना गराउन शहरमा भौंतारिन थालेको समाचार पनि प्रकाशित गरेको छ ।

आजको रनष्ट्रिय दैनिक गोरखापत्रले कि क्रोनिक बने एक हजार आयोजना शिक्र्षक दिएर समाचार प्राशित गरेको छ । समाचारमा स्थानीयको विवाद, जग्गा अधिग्रहण, समस्या समाधानको संयन्त्र नहुनु, ठेकेदारले पेश्की लिएर अन्यत्र लगानी गर्ने प्रवृत्ति, राजनीतिक अस्थीरता लगायतका विषयलाई क्रोनिक बन्नुको कारणको रुपमा समचार प्रस्तुत गरिएको छ ।

राजधानी दैनिकले साक्षरतामा अभियानमा ५ अर्ब खर्च भए पनि उल्लेख्य सुधार नभएको अवस्थालाई समाचारको रुपमा प्रस्तुत गरेको छ । साथै ललिता निवास जग्गा हिनामिना प्रकरणमा अतिक्रमित जग्गा खोज्ने संयन्त्रको अभाव रहेको अर्को समाचार पनि राजधानी दैनिकमा छ ।

त्यस्तै आजको राष्ट्रिय दैनिक नागरिकले ललिता निवास प्रकरणकै समाचार पहिलो छ । २८ वर्षको अवधिमा बनेका २४ वटा सरकारले जग्गा फिर्ता गर्न कुनै कदम नचालेको विषय समाचारमा छ । अहिले केपी ओली नेतृत्वको सरकारले जग्गा सरकारकै नाममा फिर्ता ल्याउने प्रक्रिया अघि बढाएपछि यो विषय निकै पेचिलो बनेको समाचारमा उल्लेख छ । राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण राजकीय हुने समाचारलाई पनि आजको अन्नपूर्णले प्रकाशित गरेको छ ।
त्यस्तै आजको राष्ट्रिय दैनिक नयाँपत्रिकाले सिर्जनशील युवा शिर्षक दिएर घरमै बसी बसी सिर्जनशिल काम गरेरे युवाहरु उद्यमी बन्दै गएको समाचारलाई प्रकाशित गरेको छ ।
अन्तरिक्ष कक्षमा पुग्यो नेपाली भु–उपग्रह समाचारलाई पनि आजको नयाँ पत्रिकाले पहिलो पृष्ठमा समाचार प्रकाशित गरेको छ ।
आज शनिबारे विशेशांक अन्नपूर्ण, गोरखापत्र, राजधानी, नयाँपत्रिका, नागरिकलगायतले शनिबारे विषेशांक प्रकाशित गरेको छ ।

अन्नपूर्ण पोष्ट दैनिकले चिनियाँ ऋणमा पारदर्शीता खोजी शिर्षकको मुख्य समाचार प्रकाशित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्