राष्ट्रिय महिला खेलकूदमा निरु थापाको ह्याट्रिक

काठमाडौं, बैशाख ५ । आठौँ राष्ट्रिय महिला खेलकूदअन्तर्गत आज बिहान भएको खेलमा नेपाल प्रहरीकी निरु थापाले ह्याट्रिक गरेकि छिन्।

प्रतियोगिता यही वैशाख ४ गतेदेखि दाङको बेलझुण्डी रङ्गशालामा महिला फुटबल चलिरहेको छ ।

बिहान प्रदेश नं ५ र नेपाल प्रहरीबीच भएको खेलमा जर्सी नम्बर १४ की थापाले लगातार तीन गोल गरेकी हुन् ।

यस्तै महिला फुटबलमा नेपाल प्रहरीकै जर्सी नम्बर ५ की अमृत जैसीले दुई गोल र जर्सी नम्बर ७ की निर्मला थापाले एक गोल गरिन् ।

खेलमा ६–०ले नेपाल पुलिस विजयी भएको छ । प्रदेश ५ ले एउटा पनि गोल गर्न सकेन ।

प्रतिक्रिया दिनुहोस्