आठौं राष्ट्रिय खेलकुदः भलिबलतर्फ सशस्त्रको दोहोरो जित

काठमाडौं, वैशाख ६ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत् भलिबलतर्फ सशस्त्र प्रहरीको एपीएफ क्लबले दोहोरो जित निकालेको छ ।

शुक्रबार बाँकेको खजुरामा भएको महिलातर्फको खेलमा सशस्त्रले प्रदेश नम्बर–१ लाई २५–४, २५–९ र २५–१० को सोझो सेटमा पराजित गरेको हो ।

शुक्रबारै भएको अर्को खेलमा प्रदेश नम्बर–३ ले प्रदेश नम्बर–२ माथि २५–९, २५–७ र २५–१३ को जित निकालेको छ ।

प्रदेश–३ मा न्यू डायमन्ड एकेडेमीका खेलाडीहरुको बाहुल्यता रहेको छ ।

भलिबलकै पुरुषतर्फ सशस्त्रले प्रदेश नम्बर–५ माथि २५–८, २५–२१ र २५–२१ को सहज जित निकाल्यो ।

यसैगरी, नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले गन्डकी प्रदेशलाई ३–१ को सेटमा पराजित गरेको छ ।

पहिलो सेट आर्मीले २२–२५ ले गुमाएपनि त्यसपछिको तीनै सेटमा सहज जित निकालेको हो ।

आर्मीले २५–१८, २५–२१ र २५–१४ ले लगातार तीन सेट जित्दै खेल आफ्नो पक्षमा र्पायो ।

प्रतिक्रिया दिनुहोस्