ठूलो वर्षापछि घरको छाना खस्दा १३ जनाको मृत्यु, १६ जना अस्पतालमा

काठमाडौं, बैशाख ६ । दक्षिण अफ्रिकमा एक चर्चको छाना खस्दा १३ जनाको ज्यान गएको छ । दक्षिण अफ्रिकाको डर्बानमा गिर्जाघर (चर्च) को छाना खस्दा त्यहाँ भेला भएका श्रद्धालुमध्ये १३ जनाको ज्यान गएको हो ।

स्थानीय प्रहरी अधिकारीहरुले ठूलो वर्षापछि उत्तरी डर्बानको डाङ्गुबो नगरमा स्थानीय समयअनुसार बिहीबार साँझ दुर्घटना भएको बताएका छन् ।
प्रान्तीय मामिला विभागका प्रवक्ता लेनोक्स माबासोले १३ जनाको मृत्यु भइसकेको र १६ जनाको अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्