भारतीय काँग्रेसकी प्रवक्ता प्रियंकाद्वारा पार्टी परित्याग, ट्विटरमा लेखीन यस्तो…

काठमाडौं, बैशाख ६। भारतीय राष्ट्रिय काँग्रेसकी प्रवक्ता प्रियंका चतुर्वेदीले पार्टी परित्याग गरेकी छिन् ।

टेलिभिजन बहशमा कांग्रेसको पक्षमा वकालत गर्ने उच्च गतिकी प्रवक्ता प्रियंका चतुर्वेदीले शुक्रबार पार्टीबाट राजीनामा दिएकी छिन् ।

मथुरामा कार्यकर्ताहरुले दुर्व्यवहार गरेपछि उनले राजीनामा दिएको बताइएको छ ।

प्रियंकाले योभन्दा अघि सामाजिक सञ्जाल ट्विटरमा ट्वीट गर्दै भनेकी थिइन्, ‘कांग्रेसमा रगत र पसिना बगाएर लाग्नेलाई भन्दा गुण्डाहरुलाई प्राथमिकता दिइन्छ, म दुःखी छु ।

मैले पार्टीको लागि सबै किसिमका आलोचना र अपशब्द सहेँ तर मलाई पार्टी्भित्र बाटै धम्की आइरहेको छ, यो निकै दुर्भाग्यपूर्ण हो ।’

‘धम्की दिनेहरु कारबाहीमा परेका छैनन् । उनीहरु बिनाकारबाही उम्किनु दुर्भाग्यपूर्ण हो’, उनले भनेकी छिन् । उनले ट्विटर ह्याण्डलमा पनि नामको अघि कांग्रेस प्रवक्ता पनि हटाएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्