इन्डोनेसियामा निर्वाचनको मतपरिणाम घोषणा नहुँदै विजयी भएको दावी

काठमाडौं, वैशाख ६ । इन्डोनेसिया निर्वाचन मतपरिणाम घोषणा नहुँदै त्यहाँका राष्ट्रपति जोको विडोडोले विजयी भएको दावी गरेका छन् ।

राष्ट्रपति विडोडोले गत बुधबार भएको निर्वाचनमा आफू विजयी भएको दाबी गरेका हुन् ।

निर्वाचनको मतपरिणाम सार्वजनिक हुनुअघि नै राष्ट्रपति विडोडोले आफू विजयी भइसकेको दाबी गरेका हुन् ।

राष्ट्रपतिका अर्का उम्मेदवार तथा राष्ट्रपति विडोडोका मुख्य प्रतिस्पर्धी एवं पूर्वसेनापति प्राबोवो सुवियान्तोले समेत आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन् ।

उनले आफ्ना केन्द्रहरुमा अन्य पार्टीले धाँधली गर्न खोजेको प्रमाण भेटिएको समेत बताए ।

निर्वाचन आयोगले भने चुनावको अन्तिम परिणाम आगामी मे महिनाभन्दा अगाडि नआउने दाबी गरेको छ । आयोगले संयमित भएर चुनावी नतिजा पर्खन आग्रह गरेको छ ।

विश्वमै सबैभन्दा बढी मुस्लिम समुदाय रहेको इन्डोनेशियामा १७ हजार टापु छन् ।

राष्ट्रपति, उपराष्ट्रपति र क्षेत्रीय प्रतिनिधि छनोटका लागि एकै दिन भएको निर्वाचनमा करीब २० करोड मतदाता सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्