सनराइज बैंक र नेशनल लाईफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं, ५ बैशाख। सनराइज बैंक लिमिटेड र नेशनल लाईफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्बन्धि सम्झौता भएको छ ।

उक्त सम्झौतामा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र नेशनल लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतले बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

बैंकास्योरेन्स सम्झौता अनुसार सनराइज बैंकले आफ्नो सम्पूर्ण शाखाहरुबाट एनएलआईसीको जीवन बीमा योजनाहरु बिक्री गर्ने भएको छ । हाल बैंकको १०४ वटा शाखाहरु सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्