पञ्चकन्या ग्रुपद्वारा दुई दिने विशेष प्लम्बिङ तालिम सम्पन्न

काठमाडौं, ५ बैशाख । पञ्चकन्या ग्रुपद्वारा सेकीसुई, जापान र स्टारलाईन ईन्टरप्राइजेज, भारतको सहकार्यमा विषेश प्लम्बिङ तालिम सम्पनन्न गरेको छ । ग्रुपले यहि वैशाख ४ देखि ५ सम्मम सञ्चालन गरेको कार्यक्रम सञ्चालन गरेको थियो । दुई दिन सम्म सञ्चालन भएको उक्त तालिममा १७५ जना सहभागी भएको र त्यसमध्य ४ जना महिलाको समेत संलग्नता जनाएका थिए ।

नेपालमा यस किसिमको तालिम दिने पहिलो निजि कम्पनी पञ्चकन्या ग्रुपले सर्व दावी गर्दै प्रथम प्रारम्भि कप्लम्बिङ तालिम दिइएकोे र यस कम्पनीले जापानको प्रख्यात कम्पनी सेकीसुइ र स्टारलाईन ईन्टरप्राइजेज, भारतका दक्ष, अनुभवी तथा प्रोफेशनल प्रशिक्षकद्वारा सहभागीहरुलाई प्रशिक्षण दिएको कम्पनीले जनाएको छ ।


देशका बेरोजगार युवायुवतीहरु लाई सिपमुलक बनाएर आफ्नै देशमा आम्दानी गर्नको लागि वातावरण सिर्जन गर्ने तालिमको प्रमुख उद्देश्य हो । ग्रुपले यस वर्ष पनि नेपालको पूर्वदेखि पश्चिमसम्म सधैझै प्लम्बिङ तालिमको दिई रहेको हँदा इच्छुक भएकाहरुले इन्टरनेट मार्फत आफ्नो व्यक्तिगत विवरण बुझाई सिपमुलक तालिममा सहभागिता हुन कम्पनीले अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्