यूनाइटेड सिमेन्ट्सले ग्राहकहरुलाई ल्यायो विशेष योजना, बम्परमा कार जित्ने मौका

काठमाडौं, ५ बैशाख । नयाँ वर्षको उपलक्ष्यमा यूनाइटेड सिमेन्ट्सले आफ्ना ग्राहकहरुको लागि “यूनाइटेड सिमेन्ट्सको उपहार सररर….. कार” नामक योजना ल्याएको छ ।

यस योजना अन्तर्गत हरेक २५ बोरा यूनाइटेड सिमेन्ट्सको खरिदमा ग्राहकले १ वटा स्क्र्याच कुपन प्राप्त गर्न सक्नेछन् । कुपन स्क्र्याच गरेर ग्राहकले कम्तीमा पनि ५ ग्राम चाँदी प्राप्त गर्नुका साथ अन्य १० देखि ५० ग्राम चाँदी तथा १ ग्राम देखि १ तोला सुन जित्ने मौका पाउने छन । कुपन स्क्र्याच गर्दा ५ ग्राम चाँदी परेमा खरिद गरेको पसलबाट तुरुन्तै प्राप्त गर्न सकिने प्रावधान रहेको छ । यसका साथै योजनाको अन्त्यमा हुने बम्पर लक्की ड्रबाट ५ जोडीले दुबई भ्रमण र १ जना भाग्यशाली विजेताले हुन्डाईको स्यान्ट्रो कार पनि जित्न सक्नेछन् ।

उच्च गुणस्तरको साथ साथै बेला बेलामा विभिन्न उत्साहवद्र्घक योजना आफ्ना ग्राहकमाझ पस्कदै आएको यूनाइटेड सिमेन्ट्सले यो बम्पर पुरस्कार योजना नेपाली सिमेन्ट जगतमै पहिलो पटक सबै भन्दा ठूलो मूल्यको बम्पर उपहार योजना रहेको कम्पनीको दावी छ ।

ललितपुरको लेलेस्थित आफ्नै चुनढुङ्गा खानीबाट चुनढुङ्गा उत्खनन गरि सिमेन्ट तथा क्लिङ्गकर उत्पादन गर्दै आएको यूनाइटेड सिमेन्ट्सको फ्याट्री धादिङ्गको नौबिसेमा रहेको छ । उपत्यकाबाट यति नजिक विशाल फ्याट्री रहेको यूनाइटेड सिमेन्ट्सले गुणस्तरिय सिमेन्ट उत्पादन गरि बजारमा राम्रो पकड जमाउन सफल भएको छ ।

भविष्यमा पनि आफ्ना प्यारा ग्राहकलाई लक्षित गरि अन्य विशेष योजना पस्कने यूनाइटेड सिमेन्ट्सको लक्ष्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्