नबिल र बंगलादेश बैंकबीच मर्जरको हल्ला पछि आयो यस्तो स्पष्टीकरण

काठमाडौं , बैशाख ५ । नेपाल बंगलादेश बैंकले नबिल बैंकसँग मर्जरमा जाने विषयमा कुनै पनि योजना नरहेको स्पष्ट पारेको छ ।

नबिल बैंकका सीइओ अनिलकेशरी शाहको हवाला दिंदै केही सञ्चार माध्यममा मर्जरको हल्ला आएको भन्दै यस्ता भ्रामक हल्लाका पछि नलाग्न समेत बैंकले लगानीकर्तासँग आग्रह गरेको छ ।

बंगलादेश बैंकका कुनै पनि पदाधिकारीसँग नबिल बैंकका सीइओको मर्जर सम्बन्धी विषयमा कुरा नभएको समेत प्रष्ट पारिएको छ ।

सेयर बजार मूल्यमा प्रभावित पार्ने उद्देश्यले यस्ता प्रचार गर्ने व्यक्ति तथा संस्थालाई कारवाही गर्न समेत बैंकले माग गरेको छ ।

बैंक मर्जर सम्बन्धी छलफल तथा निर्णय बैंककका कर्मचारी स्तरमा नभई सञ्चालक समिति तथा लगानीकर्तासँग हुने बंगलादेश बैंकको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्