बेरुजु फर्छ्यौट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट
काठमाडौं बैशाख ५ । बेरुजु फर्छ्यौट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट
भएको छ ।
गृह मन्त्रालय अन्तर्गतका विभाग र कार्यालयहरुमध्ये बेरुजु फर्छ्यौट मापनको वर्गीकरणमा आ.व. २०७३र०७४ को बेरुजुलाई ८५.१४ प्रतिशत फर्छ्यौट गराई बेरुजु फर्छ्यौट प्रगतिमा नेपाल प्रहरीले सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको हो ।
गृह मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा गृहमन्त्री राम बहादुर थापा ‘बादल’ ले प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाललाई उक्त सर्वोत्कृष्ट स्थान हासिलका लागि नगद ८ हजार रुपैयाँ पुरस्कारसहित प्रंशासापत्र प्रदान गरका छन् ।
प्रहरी प्रधान कार्यालय र अन्तर्गतका निकायहरुको आ.व. २०७३र०७४ सम्मको बाँकी बेरुजु रकममध्ये ८५.१४ प्रतिशत फर्छ्यौट गरेको र उक्त आ.व.मा लेखा परीक्षण भएको कूल अंकमा १.३५ प्रतिशतमा मात्र बेरुजु सीमित गर्न सफल भई बेरुजु फर्छ्यौटको प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान प्राप्त गर्न सफल भएको हो ।
आगामी दिनमा समेत यसरी नै निर्दिष्ट लक्ष्यअनुसार बेरुजु फछर््यौट कार्यमा नेपाल प्रहरीको लगनशिलता एवं सक्रियताको अपेक्षा गरिएको प्रशंसापत्रमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्