विश्वकप छनोटमा नेपाल ८ विकेटले विजयी, विश्वकप खेल्ने सपना भने पूरा भएन

काठमाडौं, बैशाख ५ । नेपाल अन्डर १९ विश्वकप छनोट अन्तरगतको खेलमा कुवेतसँग ८ विकेटले विजयी भएको छ ।

आज मलेसियामा जारी २०२० को छनोट प्रतियोगितामा नेपाल कुवेतसँग विजयी भएको हो । प्रतियोगिताको अन्तिम खेलमा नेपालले कुवेतले दिएको १ सय ५८ रनको लक्ष्य सहजै पार गरेको छ ।

अर्को खेलमा यूएईले ओमानमाथि १० विकेटको शानदार जित हात पारेको छ । यससँगै ५ खेलबाट १० अंक जोडेको यूएई विश्वकपमा छनोट भइसकेको छ । नेपालको भने विश्वकप खेल्ने चाहना अधुरो रह्यो ।

प्रतिक्रिया दिनुहोस्