एक साताभित्रै ५ कम्पनीको आईपीओ निष्कासन हुँदै

काठमाडौं, बैशाख ५ । एक साताभित्रै ५ कम्पनीको आईपीओ निष्कासन हुने भएको छ ।

यसै साताभित्रमा दुई जलविद्युत कम्पनी, दुई लघुवित्त र एउटा म्युचुअल फण्ड गरी ५ कम्पनीको आईपीओ प्राथमिक बजारमा निष्कासन हुन लागेको हो ।

बिहीबारदेखि नै नबिल म्युचुअल ब्यालेन्स फण्ड-२ को १ अर्ब २० करोड रुपैंया बराबरको १० करोड २० लाख इकाई खुला भएको छ । यसको शेयर निष्कासन अवधि छिटोमा सोमबारसम्म छ ।

जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत समाविष्ट दुई जलविद्युत् कम्पनीहरु रसुवागढी हाइड्रोपावर र साञ्जेन हाइड्रोवावरको १ अर्ब ४३ करोड रुपैंयाका १ लाख ४३ हजार कित्ता शेयर शुक्रबारदेखि बिक्रीका लागि खुल्ला हुनेछ । यो आईपीओ छिटोमा आगामी मंगलबार बन्द हुनेछ ।

उता नेपाल एग्रो र गणपति लघुवित्तको क्रमशः १ करोड ६१ लाख र ३ करोड ३५ लाख रुपैंया बराबरका शेयर निष्कासनको अन्तिम तयारीमा छन् ।

नेपाल एग्रोको आईपीओ आइतबार (बैशाख ८ गते) देखि खुल्नेछ, भने गणपति लघुवित्तको शेयर सोमबार (बैशाख ९ गते) देखि आईपीओ निष्कासन गर्न आह्वानपत्र प्रकाशन गरिसकेका छन् ।

यी कम्पनीहरुले चैत १८ र चैत ७ गते धितोपत्र बोर्डबाट अन्तिम स्वीकृति प्राप्त गरेका थिए ।

यसरी नबिल, रसुवागढी, साञ्जेन, नेपाल एग्रो र गणपति समेतगरी ५ ओटा कम्पनीका गरी कुल २ अर्ब ६७ करोड ९६ लाख रुपैंया बराबरका प्रारम्भिक सार्वजनिक निष्कासनहरु यसै साता खुल्ने भएको हो भने गुराँसको २ करोड ५० लाख रुपैंया बराबरको शेयर अर्को साता खुला हुने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्