३८ सय किलो सुन तस्करी प्रकरण : आज पनि सर्वोच्चका न्यायाधीशले मुद्दा हेर्न मानेनन् ! किन ?

काठमाडौं, बैशाख ५ । आज पनि ३८ सय किलो सुन तस्करी प्रकरणका २५ प्रतिवादीको मुद्दाको सुनुवाइ भएन्। जिल्ला र उच्च अदालतको आदेश चित्त नबुझेका २५ प्रतिवादीको मुद्दाको सुनुवाइ आज पनि सरेको छ।

सर्वोच्च अदालतमा केही महिनादेखि इजलास चाहारिरहेको मुद्दाको सुनुवाइ आज ११औं पटक न्यायाधीशले हेर्न अस्वीकार गरेपछि सरेको हो। यसरी न्यायाधीशले हेर्न नमिल्ने भन्दै मुद्दा सारेको यो चौथो पटक हो।

पाँच महिनादेखि पुर्पक्षका लागि धरौटीमा छोड्ने कि थुनामा राख्ने विषयमा जिल्ला अदालत मोरङ र उच्च अदालत विराटनगरविरुद्ध दायर भएको मुद्दा न्यायाधीशहरुले हेर्न मानिरहेका छैनन्।

थुनछेक आदेश गरेकै आधारमा विराटनगर उच्च अदालतका मुख्य न्यायाधीशसहित अन्य ६ न्यायाधीश छानबिनमा तानिएवपछि मुद्दाको पेसी सर्दै आएको छ।

२०७५ कात्तिक १२ देखि चैत २४ गतेसम्म दर्ता भएका मुद्दा सुनुवाइको पेशीमा रहे पनि न्यायाधीशले हेर्न नमानेपछि सरेको हो। सर्वोच्चमा विचाराधीन सुन तस्करी सम्बन्धी मुद्दा पछिल्ला समय न्यायाधीशले हेर्न आनाकानी गर्दै आएका छन्।

३८ सय किलो र अन्य मुद्दा सर्वोच्चमा विचाराधीन छन् ।

प्रतिक्रिया दिनुहोस्