गुराँस लाइफइन्स्योरेन्स र गरिमा विकास बैंकबीच सम्झौता

काठमाडौं, बैशाख ५ । गुराँस लाइफइन्स्योरेन्स कम्पनी लिमिटेड र गरिमाविकास बैंक लिमिटेड बीच बैंकासुरेन्स सम्झौता भएको छ ।

गुराँस लाइफइन्स्योरेन्स कम्पनी लिमिटेड र गरिमा विकास बैंक लिमिटेड बीच गरिमाविकास बैंक लिमिटेडको केन्द्रिय कार्यालय तथा देशभर रहेका शाखा कार्यालयहरु मार्फत गुराँस लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक नगदफिर्ता जीवन बीमा र एउटै योजनामा सावधिक , आजीवन र पेन्सन जीवन बीमा योजना सहित १२ वटा जीवन बीमा योजना विक्री गर्ने एवं अभिकर्ता तथा बीमीतहरु लाई छिटो, छरितो एवं भरपर्दो सेवा पुर्याउने उद्देश्येले दुई संस्थाका बीच बैंकासुरेन्ससम्झौता भएको हो ।


सम्झौतामा इन्स्योरेन्स कम्पनी को तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराई र बैंक को तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले हस्ताक्षर गर्नुभएको छ ।

गरिमाविकास बैंक लिमिटेडका ग्राहकहरुले बैंकको कुनै पनि शाखा बाट यस कम्पनीको जीवनबीमा सम्बन्धि सम्पूर्ण सेवा सहज रुपले लिन सक्नेछन् ।

गुराँस लाइफइन्स्योरेन्स कम्पनीले हालमात्र नेपालको जीवन बीमा बजारमा नौलो र आकर्षक योजनाहरु प्रस्तुत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्