मुक्तिनाथ विकास बैंकको “मेरो पहिलो बचत खाता” योजना सञ्चालनमा


काठमाडौं , बैशाख ५ । मुक्तिनाथ विकास बैंकले “मेरो पहिलो बचत खाता” सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो स्थापनाकालदेखि नै “१ व्यक्ति– १ खाता, १ परिवार १ उद्यमी” नारालाई आत्म साथ गर्दै ग्राहकहरुलाई सेवा सुविधा प्रदान गर्दै आइरहेको छ ।

बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको “समृद्धिसँग जोडौँ नाता, सबै नेपालीको बैंक खाता” भन्ने नारा सहित “खोलौ बैंक खाता अभियानलाई २०७६” सफल पार्न नयाँ बचत योजना “मेरो पहिलो बचत खाता” सञ्चालन गरेको हो ।

२०७६ बैशाख १ गते देखि लागु भएको यस बचत खाता खोल्नुहुने प्राकृतिक व्यक्तिहरुलाई खाता खोल्ना साथ बैंकले रु १०० नगद खातामा जम्मा गरिदिने र ग्राहकहरुकोनेपाल टेलिकम तथा एनसेल मोवाइल नम्बरमा रु १०० बराबरको रिचार्ज (टपअप) गरिदिने बैंकले जनाएको छ ।
यस खातामा दैनिक मौज्दातमा वार्षिक ७ प्रतिशत ब्याजदर का साथै निःशुल्क आश्वा सेवा, निःशुल्क अन्तरशाखा कारोबार, निःशुल्क मोबाइल बैकिंङ्ग सुविधा र देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका करिब ३००० एटिएम मार्फत निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु समेत उपलब्ध गराउदै आएको छ ।

हालसम्म बैंकले देशैभरी आफ्ना ११४ वटा शाखा र २२ वटा एटिएमबाट करिब ६ लाख ग्राहकवर्गलाई बैकिङ्ग सेवाहरु प्रदानगर्र्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्