अजोड इन्स्योरेन्सको इटहरी शाखा उद्घाटन

काठमाडौं, ४ बैशाख । अजोड इन्स्योरेन्स लिमिटेडको इटहरी शाखा कार्यालयको उद्घाटन उद्योग वाणिज्य महासंघको सुनसरीको कार्यवाहक अध्यक्ष शैलेश बिष्ट तथा अजोड इन्स्योरेन्स लि. का संचालक समितिका अध्यक्ष डा. बिनोद प्रसाद बिष्टको संयूक्त बाहुलीबाट सु–सम्पन्न भयो ।
उक्तउद्घाटन समारोहमा संस्थाका सहायक महाप्रबन्धक महेश राज खरेलले संस्थाको परिचय, समग्र अवस्था, गतिबिधि, भावी कार्ययोजन तथा कम्पनीको समग्र अवस्थाका बारेमा प्रकाश पार्नु भयो ।

सो अवसरमा अजोड इन्स्योरेन्स लि. काइटहरी शाखा प्रमुख खगेन्द्र गिरीबाट स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने नेपाल पत्रकार महासंघ सुनसरी को अध्यक्ष अमर खड्काले शुभकामना मन्तव्य व्यक्तगर्नु भएको थियो ।

कार्यक्रमलाई समापन गर्दै यस कार्यक्रमका सभापति तथा संचालक समितिका अध्यक्ष डा. बिनोद प्रसाद बिष्टले उपस्थित अतिथिहरुलाई मायाको चिनो प्रदान गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्