माछापुछ्रे बैंकले ल्यायोे ‘एक व्यक्ति एक खाता योजना’



काठमाडौं, बैशाख ४ । माछापुछ्रे बैंकले नेपाल सरकारको ‘खोलौ बैंक खाताअभियान, २०७६’ अन्तर्गत ‘एक व्यक्ति एक खाता योजना’ल्याएको छ ।

कुनै पनि बैंक वावित्तीय संस्थामा खाता नभएकाव्यक्तिको हकमाउक्त योजना बैंकले सुचारु गरेको जनाएको छ ।


उक्तखाताखोले बापत बैंक स्वयंले रु. १०० खातामा जम्मा समेत गरिदिने जानकारी दिएको छ ।


५% आकर्षक वार्षिक ब्याजदर प्रदानगरिने भनिएको यस खाताखोल्न निकै सहज छ । नेपाल सरकारले जारी गरेको कुनै पनिफोटो सहितको परिचयपत्र देखाएर उक्तखाताखोल्न सकिने बैंकले जनाएको छ ।


बैंकको देशभर रहेका जुनसुकै शाखावाग्राहक सेवा केन्द« मार्पmतउक्तखाताखोल्न सकिने व्यस्था रहेको बैंकले जानकारी दिएको छ ।
बैकले पुर्वमाझापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना ९९ वटा शाखाहरु र ८३शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा१८२ स्थानवाट ग्राहकमहानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधाप्रदान गरीरहेको छ ।

साथै, बंैकको देशभर १२१ वटा एटीएमहरु संचालनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्