आफ्नै अपार्टमेन्टमा आगो लगाएर एक जनाले गरे छुरा प्रहार गरी पाँच जनाको हत्या, १३ घाइते
काठमाडौं, बैशाख ४ । दक्षिण कोरियाको दक्षिणपश्चिमी क्षेत्रको एक गाउँमा जथाभावी छुरा प्रहार गरी कम्तीमा पाँच जना नागरिकको हत्या गरिएको छ ।
त्यस्तै अरु १३ जना छुरा प्रहारबाट नराम्ररी घाइते भएका छन् ।
यसरी मारिनेमा सर्वसाधारण नागरिक परेका छन् ।
एकजना स्थानीयले आफ्नो अपार्टमेन्टमा आगो लगाएको र आगो लागेपछि भाग्ने क्रममा भाग्न खोज्ने नागरिकलाई छुरा हानिएको बताइएको छ ।
उनले सो अपार्टमेन्टमा लगाएको आगो करिब २० मिनेटपछि निभाइएको थियो । ती व्यक्तिलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको थियो । उनले आफूले गल्ती गरेको स्वीकार गरेका छन् ।
उनी बेरोजगार व्यक्ति भएकोले उनमा निराशा रहेको देखिएको छ ।
प्रहरीले उनको स्वास्थ्य रिपोर्ट भेटेको र ती व्यक्तिमा मानसिक रोग रहेको पाइएको पनि अधिकारीले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्