आजका राष्ट्रिय दैनिक पत्रिकाहरुले प्रकाशित गरेका मुख्य समचारहरु
काठमाडौं, ४ बैशाख । संघीय राजधानी काठमाडौंबाट प्रकाशित आजको राष्ट्रिय दैनिक पत्रिकाहरुले एनसेल कर प्रकरणलाई मुख्य समचार बनाएको छ । त्यस्तै वालुवाटार स्थित ललितानिवास जग्गा खरीद प्रकरण छानिबन, जन्मको आधारमा बंशजको नागरिकता दिन सर्वोच्चले बाटो खोलिदिएको समाचारलाइ नै मुख्य समाचार बनाई प्रकाशन गरिएको छ ।
आजको राष्ट्रिय दैनिक कान्तिपुरले बालुवाटारस्थित ललितानिवास जग्गा खरीद प्रकरण छानिबनको अन्तर्य खोतलेको छ । कान्तिपुरका अनुसार, यो खरीद प्रकरण टुंग्याउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगभित्रैबाट सेटिङ प्रयास भएको छ । अनुसन्धानका लागि तोकिएका अनुसन्धान महाशाखाका प्रमुख हरिप्रसाद जोशीले नै छानबिन प्रभावित गर्ने प्रयास गरेका हुन् । कानून व्यवसायीलाई कार्यालयमै बोलाएर प्रलोभन र धम्की दुवै दिएपछि उनी कारबाहीमा परेका छन् । समाचार अनुसार, महान्यायाधिवक्ताको कार्यालयबाट अख्तियार आएका उनलाई उतै फिर्ता पठाइएको छ । तर, सरुवाबाहेकका थप करवाही भने गरिएको छैन ।
जोशीले ललिता निवासबारे पेस गरेको अनुसन्धान प्रतिवेदनसमेत विश्वासिलो नभएपछि अख्तियारले छुट्टै नयाँ अनुसन्धान अधिकृत तोक्ने तयारी गरेको समाचारमा उल्लेख छ ।
ललितानिवास जग्गा अतिक्रमणमा स्वयं आयुक्त नै संलग्न रहेको दाबी पनि कान्तिपुरले गरेको छ । समाचार अनुसार, निर्वाचन आयुक्त सुधीरकुमार शाहले बालुवाटारको पर्खाल सारेका छन् । भक्तपुरका तत्कालीन मालपोत अधिकृत शाहले ०४९ मा ललिता निवासको २ रोपनी जग्गा श्रीमती उर्मिलाको नाममा खरीद गरेका थिए । उक्त जग्गा सुरुमा प्रधानमन्त्री परिसरभित्र थियो । ०५४ मा तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको पालामा निजी सचिव भएका शाहले जग्गा बाहिर पारेर बालुवाटारको कम्पाउन्डवाल लगाउन लगाएको समाचारमा उल्लेख छ ।
मेयर छोरालाई मन्त्रीले २४ करोड उपलब्ध गराएको खुलासा पनि कान्तिपुरको पहिलो पृष्ठमा छ । शिक्षा र स्वास्थ्यको बजेट रकमान्तर गरेर प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले छोरा शैलेशकुमार साह मेयर रहेको सप्तरीको हनुमाननगर नगरपालिकालाई २४ करोड रुपैयाँ फुटकर योजनामा विनियोजन गरेको कान्तिपुरको दाबी छ । शैलेशकुमार नवलकिशोरका जेठा छोरा हुन् । छोरा मेयर रहेको क्षेत्र मन्त्री साहको संसदीय क्षेत्र पनि हो ।
कान्तिपुरले भित्री पृष्ठमा वैदेशिक रोजगारको पीडालाई पनि समेटेको छ । समाचार अनुसार, ३ हजार नेपाली साउदीमा अलपत्र परेका छन् । नेपाली कार्यरत ३ कम्पनी टाट पल्टिँदा ती नेपालीहरु अलपत्र परेका हुन् ।
साउदीको अलमिल कन्स्ट्रक्टिङ कम्पनी, अजमिलको भगेनी कम्पनी अर्कद , जे एण्ड पी र साउदी मार्वल एन्ड ग्रिनाइटेड संकटमा परेपछि नेपाली अलपत्र परेको कान्तिपुर समाचारमा उल्लेख छ । उनीहरु नेपाल फर्कन नपाएर अलपत्र छन् । त्यस्तै वैदेशिक रोजगारीका लागि प्रतिबन्धित रहेको इराकमा २० हजार नेपाली पुगेको तथ्यांक पनि कान्तिपुरमा छ । अवैध बाटो हुँदै यति ठूलो संख्यामा नेपाली इराक पुगेको कान्तिपुरको समाचार सार छ ।
त्यस्तै आजको राष्ट्रिय दैनिक नागरिकले एनसेललाई ६२ अर्ब ६३ कुरोड कर निर्धारण, बाँकी ३९ अर्ब सात दिनभित्र तिर्न ताकेता शिर्षक दिएर मुख्य समाचार प्रकाशन गरेको छ । जन्मका आधारमा बंशजको नागरिकता शिर्षकमा पनि अर्काे समाचार प्रकाशन गरेको छ ।
ऋाजका् राष्ट्रिय दैनिक अन्नपूर्णले मोफसलको विषयले मुख्य स्थान दिएर समाचार प्रकाशन गरेको छ । उपल्लो गोरखाको तानेर विवाह गर्ने अनौठो प्रथाबारे लेखेको छ ।
कानूनमा महिलाको इच्छाविपरीत विवाहका लागि जबरजस्ती गर्न पाइँदैन । अन्नपूर्णका अनुसार, उत्तरी गोरखाका बिहीलगायत २ दर्जन गाउँमा भने अझै पनि केटीलाई तानेर विवाह गर्ने परम्परा छ । चिनेको होस् वा नचिनेको होस्, मन परेको होस् वा नपरेको होस्, केटाले मन पराएपछि जबरजस्ती तानेर दुलही बनाउने चलन रहेको छ, यी क्षेत्रमा ।
नेपालमा तोकिएको समयमा ठेकेदारले काम पूरा गरेको घटना विरलै छन् । तर, भेरी–बबई डाइभर्सन आयोजना यसको अपवाद हो । अन्नपूर्णका अनुसार यो आयोजनाको सुरुङ १ वर्ष पहिले नै सकिएको छ ।
टोखा बिस्केट जात्राको तस्वीर छापेको नागरिकले जन्मका आधारमा वंशजको नागरिकता दिने गृहमन्त्रीको विवादास्पद निर्णय सर्वोच्चले सदर गरेको लेखेको छ । ठूला करदाता कार्यालयले एनसेल करबारे लिएको निर्णयलाई पनि नागरिकले प्रमुखताका साथ कभरेज गरेको छ ।
आजको राष्ट्रिय दैनिक राजधानीले एनजीओका खर्चमाथि नजर डुलाएको छ । समाचार अनुसार सरकारलाई छल्दै एनजीओहरुले ६ अर्ब ३८ करोड खर्च गरेका छन् । कामै नभई बाहिरी चक्रपथमा ११ करोड खर्च भएको हिसाब पनि राजधानीले निकालेको छ ।
आजको आर्थिक पत्रिका कारोबारले १२ लाख हेक्टरमा कफी उत्पादन सम्भव भएको लेखेको छ भने गोरखापत्रले भेरी बबई डाइभर्सनको सुरुङको ब्रेक थ्रुलाई प्रमुख समाचार बनाएको छ ।
त्यस्तै आजको राष्ट्रिय दैनिक आर्थिक अभियानले नेपाल राष्ट्र बैंकको प्रतिवेदन मुल्यवृद्धिमा घट्यो घटेन शोधनान्तर घाटा समाचारलाई मुख्य समाचार बनाई प्रकाशन गरेको छ ।
एनसेल कर प्रकरणलाइ पनि समाचार बनाएको छ । यसरी समग्रमा आजको राष्ट्रिय दैनिकले नै समाचार बनाएको छ ।
प्रतिक्रिया दिनुहोस्