यूनाइटेड सिमेन्ट्सलाई अन्तर्राष्ट्रिय स्तरको प्रमाणपत्र प्राप्त

काठमाडौं, ३ बैशाख । केएल दुगड ग्रुप अन्तर्गतको संस्था यूनाइटेड सिमेन्ट्स प्रा.लि. लाई इन्टरनेशनल सर्टिफिकेशन सर्भिस प्रालि(आइसीएस) बाट आइएसओ 9001:2015 तथा 14001:2015 को प्रमाणपत्र प्राप्त गर्दै सु–सज्जित भएको छ ।


अन्तराष्ट्रिय मापदण्ड अनुसार गुणस्तरीय क्लिङ्कर तथा सिमेन्ट उत्पादन गर्ने प्रक्रिया पूर्ण रुपले उत्कृष्ट भएको र सो उत्पादन प्रक्रिया वातावरणमैत्री समेत भई वातावरणको व्यवस्थापन प्रक्रिया उत्तम रहेकोले सो प्रमाणपत्रहरु उद्योगलाई प्रदान गरिएको हो ।


बेजोड गुणस्तरको क्लिङ्कर तथा सिमेन्ट उत्पादन गर्दै आइरहेको यूनाइटेड सिमेन्ट्सको आºनै चुनढुङ्गा खानी ललितपूरको लेलेमा अवस्थित छ भने फ्याक्ट्री नौबिसेमा रहेको छ । यूनाइटेड सिमेन्ट्सले विश्वस्तरीय प्रविधि र प्रक्रिया अपनाई सिमेन्ट तथा क्लिङ्कर उत्पादन गर्दै आएकोमा विश्वस्तरीय मापदण्ड पनि पूरा गरि गुणस्तरीय प्रक्रियामा उत्तम तालमेल रहेको उद्योगले जनाएको छ ।

उच्च गुणस्तरको सिमेन्ट बिक्री वितरण गर्दै आएको यूनाइटेड सिमेन्ट्स आºनो गुणस्तरको कारण जनमानसमा लोकप्रिय बन्दै गएको उद्योगको दावी छ । आºनो गुणस्तरलाई सधैं उत्तम तथा विश्वस्तरीय कायम गर्ने उद्योगले प्रतिबद्धतो गरेको छ । उद्योगले ग्राहकहरुमा समर्पित भई समय–समयमा विभिन्न उत्साहबद्र्धक योजना बजारमा कार्यान्वयन गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्