मुक्तिनाथ विकास बैंकद्वारा महानगरीय प्रहरी वृत्त,कमलपोखरीलाई सहयोग हस्तान्तरण

काठमाडौं, ३ बैशाख । मुक्तिनाथ विकास बैंकले महानगरीय प्रहरी वृत्त, कमलपोखरीलाई सामाजिक जनचेतनामुलक तथा सुरक्षा सम्बन्धी आकस्मिक सम्पर्क नम्बरहरु भएको स्टीकर सहयोग गरेको छ ।
बैंकले सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत काठमाडौं महानगरपालिका वडा नं १,महानगरीय प्रहरी वृत्त (सामुदायिक शाखा) कमलपोखरीलाई सामाजिक जनचेतनामुलक तथा सुरक्षा सम्बन्धी आकस्मिक सम्पर्क नम्बरहरु भएको स्टीकर सहयोग गरेको हो ।

उक्त स्टीकर महानगरीय प्रहरी वृत्त, कमलपोखरी अन्तर्गत रहेका करिब १०००० घर तथा कार्यालयमा टासिने छ । स्टीकर मुक्तिनाथ विकास बैंकका .मार्केटिङ्ग तथा कर्पोरेट मामिला विभागका प्रमुख बसन्त बक्सीले महानगरीय प्रहरी वृत्त, कमलपोखरीका प्रहरी नायव उपरीक्षक रविन्द्रनाथ पौडेललाई हस्तान्तरण गर्नु भएको हो ।

प्रतिक्रिया दिनुहोस्