धरानमा कामना सेवा विकास बैंककोे ८२औं शाखा
धरानमा कामना सेवा विकास बैंककोे ८२औंशाखा
काठमाडौं, ३ बैशाख । कामना सेवा विकास बैंक लिमिटेडले धरानमा आफ्नो ८२औंशाखा विस्तार गरेको छ ।
बैंकले आफ्नो सेवा विस्तारकोक्रममा सुनसरीजिल्लाको धरानउपमहानगरपालिका वडा नं.६ स्थित छाताचोकमा मंगलबार आफ्नो ८२औं शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको हो ।
बैंकका संचालक देव कृष्ण काफ्ले तथा बैंकका प्रदेश नं. १ प्रमुख सुजन राईले नयाँ वर्षको शुभकामना आदन–प्रदान गर्दै संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका हुन् ।
सुनसरी उद्योग वाणिज्य संघका उपाध्यक्ष गिरिधरी सापकोटाको उपस्थिति रहेको उक्त कार्यक्रममा बैंकका प्रदेश प्रमुख राईले बैंकको संक्षिप्त जानकारी दिंदै प्रदेश नं १मा यो सँगै ६ वटा शाखा पुगिसकेको र निकट भविष्यमा थप शाखाहरु पनि सञ्चालनमा आउने जानकारी दिए । व्यापार व्ँिस्तारलाई तिब्रता दिने उद्देश्य सहित बैंकले पर्यटकीय तथा व्यापारिक नगर धरानमा शाखा स्थापना गरेको बैंकले जनाएको छ ।
बैंकले देशका विभिन्न भागहरुमा ८२ वटा शाखा तथा ३७ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदानगर्दै आएको छ । साथै, बैंकले एबिबिएस इन्टरनेत बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, सि– आस्वालगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।
प्रतिक्रिया दिनुहोस्