सर्लाहीमा बँदेलको आतकले किसान हैरानः फेरि आक्रमणबाट सात जना घाइते

काठमाडौं, बैशाख ३ । सर्लाहीमा बँदेलको आक्रमणबाट सात जना घाइते भएका छन् ।

सर्लाहीको चक्रघट्टा गाउँपालिका -७ मा सोमबार बेलुका बँदेलको आक्रमणबाट सात जना घाइते भएका हुन् ।

उखुबारीबाट निस्केको जंगली बँदेलले आक्रमण गर्दा खेतमा काम गरिरहेका स्थानीय ६० वर्षका भुईला महतो, ४२ वर्षका रामनरेश महतो, १५ वर्षका संजय सहनी ,७ वर्षका मनिष सहनी र रामनरेश राय घाइते भएका हुन् ।

बँदेलले उनीहरको शरीरको विभिन्न ठाउँमा टोकेको छ । बँदेलको आक्रमणबाट घाइते भएका सबैजनाले जिल्ला अस्पताल मलंगवामा उपचार गरी घर फर्किएका छन् ।

सर्लाहीमा पछिल्लो समय जंगली बँदेलले खेतीपाती नष्ट गरेर किसानलाई हैरान पारेको छ।

प्रतिक्रिया दिनुहोस्