सुन भनेर फलाम बेच्ने चारजना पक्राउ, १९ लाख ठगी, घट्नामा दाजुभाईकै संलग्नता
काठमाडौँ , बैशाख ३ । सुन भनेर फलाम बेच्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा नुवाकोटको दुप्चेश्वरका ३३ वर्षीय पूर्णबहादुर तामाङ, काभ्रेको चौरी देउराली गाउँपालिकाका २६ वर्षीय चन्द्रबहादुर श्रेष्ठ, २१ वर्षीय प्रविन श्रेष्ठ र १९ वर्षका सुवास श्रेष्ठ रहेका छन्।
उनीहरुले काठमाडौँका राजेश विकलाई आधा किलो सुन सस्तोमा दिने भन्दै १९ लाख नगद बुझेका थिए ।
सुनको गहना राख्ने रातो प्याकेट घर गई खोल्दा फलाम देखेपछि विकले ठगिएको भन्दै उजुरी गरेका थिए।
विकको उजुरीको आधारमा चारैजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौंका विभिन्न स्थानमा लुटपाट, ठगी र चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
महानगरीय प्रहरी परिसर टेकुले मंगलबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो ।
सार्वजनिक गरिएकाहरुमध्ये अधिकांश सरोहर दाजुभाई र पटक पटक जेल परेका छन् ।
प्रतिक्रिया दिनुहोस्