धुर्मुस सुन्तली फाउण्डेशन सहित १०० जना सामाजिक क्षेत्रका हस्तीहरु सम्मानित

काठमाडौं । धुर्मुस सुन्तली फाउण्डेशनसहित सामाजिक क्षेत्रमा विशेष योगदान दिने १०० जना हस्तीहरु सम्मानित भएका छन् ।

मधेशी पत्रकार समाजले एक कार्यक्रमको आयोजना गरी द हन्ड्रेड हिरोज अफ मधेश अवार्डबाट धुर्मुस सुन्तली फाउण्डेशनसहित राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो लागतय १०० जना लाई सम्मानित गरेको छ ।

सम्मानित हुनेहरुमा तिलाठी कोइलाडि गाउँपालिकाका समाजसेवी सतिशकुमार सिंह, राष्ट्रिय विधार्थी संघका अध्यक्ष किशोरकुमार यादव, नेपालको तर्फबाट स्वर्ण पदक जित्ने पहिलो एथलेटिक्स खेलाडी अजित यादव, संघीय समाजवादी फोरमका पर्सा अध्यक्ष तथा सांसद प्रदिप यादव, नेपाल ईन्जिनियर्स एसोसिएसन प्रदशे नं. २ का अध्यक्ष नन्दकिशोर यादव, राजपाका महासचिव कैशव झा, पत्रकार अभिमन्यु पटेल, पिछडा वर्ग (ओबिसी) विद्यार्थी संघका अध्यक्ष प्रकाशमणी राउतसहित १०० जना सम्मानित भएका भएका छन् । सप्तरी निवासी राउत लामो समयदेखि सामाजिक क्षेत्रमा क्रियाशील छन् ।

मधेशमा भएको केही अगाडी गएको विनाशकारी हावाहुरी लगायत विभिन्न दुःखद् घटनाहरुमा पीडितहरुलाई उद्धार तथा राहत वितरण गरि पीडितको घाउमा मलमपट्टी लगाउने सामाजिक कार्यको कदर गर्दै समाजले दी हन्ड्रेड हिरोज अफ मधेश अवार्डबाट १०० जना सम्मानित गरेका हुन् ।

उनीहरुलाई पूर्व प्रधानमनत्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीले संयुक्त रुपमा सम्मान गरेका हुन् ।

पिछडा वर्ग (ओबिसी) जस्तो समाजमा पछि परेका र गरिबीको रेखा मुनी रहेका, आफ्नो पहिचान सहित अधिकारका लागि राज्यसंग लड्दै आएका पिछडा वर्गलाई समेत विशेष मुल्यांकन गरि आफुलाई सम्मानित गरेकोमा पिछडा वर्ग (ओबिसी) विद्यार्थी संघका अध्यक्ष प्रकाशमणी राउतले आफू हर्षित भएको कुरा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्