प्रस्तावित थपलियाको सुनुवाई अब बुधबार हुने

काठमाडौं, बैशाख ३ । प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित दिनेशकुमार थपलियाको सुनुवाई बुधबार हुने भएको छ ।

संसदीय सुनुवाई समितिले प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित थपलियाको सुनुवाई बुधबार गर्ने भएको हो ।

समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले संवैधानिक परिषदद्वारा प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलियाविरुद्ध परेको ६ वटा उजुरी खुला गर्दै बुधबार(भोली) ४ गते दिउँसो २ बजे सुनुवाई गर्ने निर्णय गरेको हो ।

त्यसअघि बिहान ११ बजे भने उजुरीकर्तासँग छलफल गर्ने कार्यक्रम पनि तय गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

समितिको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित ५ जनाको सुनुवाई भने बिहीबार गर्ने पनि निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्