कपिलवस्तुमा बस र ट्रक ठोकिए, एक जनाको मृत्यु, १७ घाईते

काठमाडौं, बैशाख ३ । कपिलवस्तुमा बस र ट्रक ठोकिंदा एक जनाको मृत्यु भएको छ चने १७ जना घाईते भएका छन् ।

कपिलवस्तुको बाणगंगा नगरपालिका–२ पिपरा चोकमा सवारी दुर्घटना हुदा एक जनाको मृत्यु भएको हो भने १७ जना सामान्य घाईते भएका हुन् ।

पूर्व–पश्चिम राजमार्ग किनारमा रोकी राखेको राखेको यूपी ४७टि३४३७ भारतीय नम्बरको ट्रक र नेपालगंजबाट नारायणगढ जाँदै गरेको ना६ख २४६७ नम्बरको बस एक आपसमा टोकिएर दुर्घटना भएको हो ।

गाडीमा सवार ४३ जना मध्ये १७ जना सामान्य घाईते भएको प्रहारीले जनाएको छ । सामान्य घाईतेको उपचार सामुदायिक अस्पताल पिपरामा भईरहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाईते भएका दैलेख माबो गाउपालिका–२ बस्ने ५५ बर्षीय नन्दलाल गुरुङलाई थप उपचारको लागि लुम्बिनी अंचल अस्पताल बुटवल पठाइएको उपचारको क्रममा गुरूङको मृत्यु भएको हो ।

अन्य सामान्य घाईतेहरूलाई डिस्चार्ज भइसकेको प्रहरी नायब उपरिक्षक रवी रावलले जनाएका छन । दुर्घटना भएपछि दुबै सवारी साधन र बस चालक प्रहरीको नियन्त्रणमा रहेको रावलले जनाएका छन ।

प्रतिक्रिया दिनुहोस्