प्रदेश नम्बर ५ : तीस विधेयक पारित

काठमाडौं, बैशाख ३ । प्रदेश नं ५ को प्रदेशसभाले अहिलेसम्म ३० विधेयक पारित गरेको छ ।

पारित भएका विधेयकमध्ये ४ विधेयक प्रथम अधिवेशनले, ११ विधेयक दोस्रो अधिवेसनले र १५ विधेयक तेस्रो अधिवेसनले पारित गरेको प्रदेश नं ५ को प्रदेशसभा सचिवालले जनाएको छ ।

तेस्रो अधिवेसनले पारित गरेका १५ विधेयकमध्ये सात विधेयक मात्रै प्रदेश प्रमुख उमाकान्त झाले प्रमाणित गर्नुभएको छ भने अन्य विधेयक प्रमाणित हुने क्रममा छ ।

‘विधेयक प्रमाणित भएपछि त्यसले कानूनी रुप लिन्छ र त्यसलाई सम्बन्धित मन्त्रालयमा पठाइन्छ’, प्रदेशसभाका सूचना अधिकारी मनोज पाण्डेले भने ।

प्रतिक्रिया दिनुहोस्