ज्योति विकास बैंकले ल्यायो “ज्योति समृद्धि बचत खाता” संचालन योजना

काठमाडौं, ३ बैशाख । ज्योति विकास बैंक लिमिटेडले आधुनिक बैंकिङ्ग सुविधासहित नयाँ बचत खाता “ज्योति समृद्धि बचत खाता” संचालनमा ल्याएको छ । 

बैंकले नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन अनुरुप खोलौं बैंकमा खाता कार्यक्रम अनुसार “समृद्धिसंग जोडौं नाता, सबै नेपालीको बैंक खाता” नाराका साथ थालिएको अभियानलाई सहयोग पुर्याउने उद्देश्य अनुरुप आधुनिक बैंकिङ्ग सुविधासहित नयाँ बचत खाता “ज्योति समृद्धि बचत खाता” संचालनमा ल्याएको हो ।

वार्षिक ७% ब्याजदर दिने यस बचत खातामा अन्य बैंक वित्तीय संस्थाहरुमा खता नहुने ग्राहकहरुले खता खोलेमा रु.१०० बैकको तर्फबाट प्रदान गरिने र एबिबिएस् सि–आस्वा, इन्टरनेट बैंकिङ्ग जस्ता सेवाहरु निःशुल्क गरेको छ, भने लकर सुविधामा पनि बिषेश छुट दिइएको बैंकले जनाएको छ ।

यस विकास बैंकका ग्राहक महानुभावहरुलाई अत्याधुनिक सेवा प्रदान गर्न सदैब कटिबद्ध रहेको छ । बैंक संचालनमा आएको दशौं वर्षमा बैंकको छबि (कर्पाेरेट इमेज० बजारमा स्थापित गर्न सफल यस बैंकको हाल ९६ वटा शाखा २ वटा एक्स्टेन्सन काउन्टर एवं २३ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ । निकट भविष्यमा नै बैंकको ५ वटा नयाँ शाखा संचालनमा ल्याउने लक्ष्य रहेको छ । हालसम्म बैंकले करिब २ लाख १६ हजार ७ सय २७ भन्दा बढि खाताबाट २७ अर्व २० करोड निक्षेप संकलन गरी १५ हजार भन्दा बढि ऋणी मार्फत २३ अर्व ९० करोड ऋण लगानी गर्न सफल भएको छ ।

नुवाकोटकमा केन्द्रीयकार्यालय रहेको हाम्रो विकास बैंकलाई प्राप्ति गरी गत २०७५ चैत्र १५ गतेबाट एकिकृत कारोवार संचालन गरे पश्चात विकास बैंकको कुल चुक्ता पूँजी रु.३ अर्व १० करोड पुगेको छ, जस अनुसार चुक्ता पूँजीका आधारमा सबैभन्दा बढी चुक्ता पूँजी भएको विकास बैंक हुन पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्