सञ्चारमन्त्री बास्कोटाको चेतावनी -ललिता निवासको सरकारी जग्गा किर्ते गर्नेलाई पानीमुनी गए पनि छोडिदैँन

काठमाडौं, वैशाख ३ । सूचना, प्रविधि तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले बालुवाटारको सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा गराउने जो कसैलाई पनि सरकारले नछाड्ने चेतावनी दिएका छन् ।

रुपन्देहीको मणिग्राममा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री बास्कोटाले यस्तो बताएका हुन् ।

उनले प्रधानमन्त्री निवास बालुवाटार छेउको ललिता निवासको सरकारी जग्गा किर्ते गर्नेलाई पानीमुनी गए पनि नछाड्ने कडा चेतावनी दिएका हुन् ।
साथै संचारमन्त्री बास्कोटाले आफुले नेकपा महासचिव बिष्णु पौडेल ठगिएकाले क्षतिपूर्ति पाउनुपर्छ भनेर दिएको अभिव्यक्ति बंग्याइएको जिकिर पनि गरे ।

‘उहाँलाई सरकारले क्षतिपूर्ति दिनुपर्छ भनेको होइन,’ उनले भने, ‘जोसँग किन्नु भएको हो, उसैले दिनुपर्छ भनेको हो ।’
सरकारी जग्गा दुरुपयोग गर्नेहरुको पद, दल वा विचारमा नझुक्ने भन्दै त्यता व्यक्तिलाई कारवाही गरेरै छाड्ने प्रतिवद्धता बास्कोटाले जनाए ।

प्रतिक्रिया दिनुहोस्