“बिग मास्टर वाइन लक्कि ड्र कार्यक्रम २०७५” खुला, पहिलो पुरस्कार राईलाई

काठमाडौं, ३ बैशाख । रोयल काठकमाडौ हिमालयन बेभरेज प्रा.लि.ले यस बर्ष सञ्चालन गरेको “बिग मास्टर वाइन लक्कि ड्र कार्यक्रम २०७५” खुला गरेको छ । उपत्यकाका लागि मात्र सञ्चालन गरिएको लक्कि ड्र कार्यक्रम खुल्ला गरिएको हो । लक्कि ड्रमा समावेस गरिएका पाँचहजार कुपनबाट प्रथम पुरस्कार पल्सर १५० सि सिमोटर वाइक प्राप्तगरि पुरानो ठिमि, सुनिमा स्टोर काउज्जल राई भाग्यमानि सावितहुनु भएको छ । उहालाई कम्पनिका अध्यक्ष गणेश चापागाइले पुरस्कार हस्तान्तरण गर्नभएको थियो ।
कम्पनिका बिक्रीबितरण प्रमुख मिलन शर्माकाले शुभकामना मन्तव्य दिदै आफ्ना उपभोक्ता र ग्राहक वर्गमा यस कम्पनिद्धारा उत्पादित वाइनहरु एपभोग र बिक्रिप्रति थप उत्पेरणा र हौसला प्रधान गर्न लक्कि ड्र कार्यक्रम सञ्चालन गरिएको वताउनु भयो । शर्माले उपभोक्ता ले कम्पनि द्धारा उत्पादित वाइन अत्यधिक रुचाएको र यसले गर्दा बिदेसी वाइन आयातमा कमिभइ राष्ट्रको आर्थिक लाभ समेत भएको बताउनु भयो ।
कार्यक्रममा कम्पनिका अध्यक्ष गणेश चापागाइले सम्पूर्ण कर्मचारी, बितरक, ग्राहक वर्ग, उपभोक्ता, मिडिया, पत्रकारले प्रदान गरेको साथ र सहयोगको कदर गर्दै नयाँ बर्ष २०७६ को शुभकामना दिनुभयो ।
कार्यक्रममा कम्पनिका प्रबन्ध निर्देशक जिशुन चापागाइले नयाँ बर्ष २०७६ को शुभकामना दिदै आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्नु पर्ने वताउनु भयो भने क्वालीटि कन्टोल एवं मजेनरल मेनेजर डा. विएन मिश्रले उत्पादित वाइनको प्राविधिक र क्वालीटिको वारेमा प्रकाश पार्नुभयो ।
यस लक्कि ड्र कार्यक्रम अन्तरगत प्रथम पुरस्कार मोटर वाइक एक थान, द्धितिय पुरस्कार स्कुटर दुइथान लगाएत २० थान रेफ्रिजेनेरेटर, १० थान ५५ इन्चको टिभि र सान्तोना पुरस्कार अन्तरगत २५ थान मोवाइल राखीएको थियो ।

प्रतिक्रिया दिनुहोस्