भेरी–बबई आयोजनाको सुरुङ निमार्ण कार्य सकियो, प्रधानमन्त्रीद्वारा ‘ब्रेक थ्रु’

काठमाडौं, बैशाख ३ । राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणको काम सकिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीच थिचेर सुरुङको ‘ब्रेक थ्रु’ गरेसँगै आयोजनाको सुरुङ निर्माणको काम सकिएको औपचारिक घोषणा भएको हो ।

भेरीगंगा नगरपालिको हात्तिखालदेखि चिप्लेसम्म १२ किलोमिटर २ सय मिटर सुरुङ निर्माणको काम निर्धारित समय भन्दा झण्डै १ बर्ष पहिल्यै सकिएको हो ।

ठेक्का पाएको चाइना ओभरसिज इन्जिनियरिङ ग्रुफ कम्पनीले २०७४ साल कात्तिक २० गतेदेखि काम थालेको थियो ।

यसको ठेक्का पाएको चाइना ओभरसिज इन्जिनियरिङ ग्रुफ कम्पनीले २०७४ साल कात्तिक २० गतेदेखि काम थालेको थियो ।

नेपालमै पहिलोपटक टनेल बोरिङ मेसिन ९टीबीएम० प्रयोग गरिएकाले तोकिएभन्दा पहिल्यै काम सकिएको आयोजनाका प्रमुख सञ्जिव बरालले जानकारी दिए ।

भेरी नदीको पानीलाई बबई नदीमा मिसाएर बाँके र बर्दियाँका ५१ हजार हेक्टर क्षेत्रफल जमीनमा सिँचाइ पुर्‍याउने आयोजनाको लक्ष छ । त्यसबाहेक आयोजनाबाट ४६ दशमलव ८ मेगावाट बिजुली पनि उत्पादन गरिनेछ

प्रतिक्रिया दिनुहोस्