जिुम्ला विमानस्थल २० दिन बन्द हुने, किन हुने भयो ?

काठमाडौं, बैशाख ३ । जुम्ला विमानस्थल २० दिनका लागि बन्द हुने भएको छ । बाँकी रहेको स्तरोन्नतिको काम गर्नका लागि यही वैशाख ५ गतेदेखि विमानस्थल बन्द हुने भएको हो ।

अघिल्लो पटक २०७५ कार्तिक ८ गतेदेखि विमानस्थल बन्द गरी स्तरोन्नतिका काम भएको थियो । त्यसको बाँकी काम सम्पन्न गर्नका लागि २० दिन विमानस्थल बन्द हुने भएको जुम्ला विमानस्थल प्रमुख कैलाश शर्मा बताए ।

उनले भने, “अहिले पनि जहाज अवतरण हुनुभन्दा अघिपछि विमानस्थलको स्तरउन्नति कार्य भइरहेको छ । स्तरोन्नति कार्यलाई छिटो सकाउनको लागि विमानस्थल नै बन्द गर्ने निर्णय भएको हो ।”

विमानस्थलको स्तरोन्नतिको कामले तीव्रता पाउने छ । विमानस्थल २० दिन बन्द हुने भएपछि जुम्लादेखि सुर्खेत, नेपालगञ्जसम्मको हवाई सेवा प्रभावित हुने भएको छ ।

जुम्लामा तारा, सीता, समिट र नेपाल एयरलाइन्सको जहाजले उडान भर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्