नेपाल क्रेडिट एण्ड कमर्स बैंकको एनसीसी नेपाली नागरिक बचत खाता सञ्चालन
काठमाडौं, २ बैशाख । नेपाल त्रेडिट एण्ड कमर्स बैंकले नेपाल सरकारको ‘समृद्धिसँग जोडौ नाता :सबै नेपालीको बैंक खाता’ भन्ने नारा सहित ‘खोलौ बैंक खाता अभियान २०७६’लाई पूर्ण सफल बनाउनको लागि ‘एनसीसी नेपाली नागरिक बचत खाता’ सञ्चालनमा ल्याएको छ ।
२०७६ वैशाख १ गते देखि लागु हुने उक्त बचत खाता खोल्ने व्यक्तिहरुलाई बैंकले आफ्नै तर्फबाट रु. १ सय खातामा जम्मा गरिदिने जनाएको छ । बैंकको मुलुकभर १२२ वटा शाखा र ७४ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्