सेञ्चुरी बैंकको नयाँ बचत खाता ‘सेञ्चुरी सबैको खाता’

काठमााडौं, २ बैशाख । सेञ्चुरी कमर्सियल बैंकले नेपाल सरकारको ‘समृद्धिसंग जोडौं नाता स् सबै नेपालीको बैंक खाता’ नारा सहितको ‘खोलौं बैंक खाता अभियान, २०७६’ अन्र्तगत ‘सेञ्चुरी सबैको खाता’ सञ्चालनमा ल्याएको छ ।

शुन्य मौज्दातमा खोलिने सो खातामा वार्षिक ६.५% को दरले त्रैमासिक रुपमा ब्याज भुतmानी गरिने छ । साथै रु. २५० मा ५ वर्षको लागि डेबिट कार्ड तथा पहिलो बैंक खाता खोल्ने ग्राहकलाई प्रोत्साहन स्वरुप बैंक स्वयमले रु. १०० सो खातामा जम्मा गरिदिनेछ ।

बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९८ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १३ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १३२ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्