आज सेयर बजारमा हरियाली, ४.७० अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं, बैशाख २ । वर्ष २०७६ को दोस्रो दिन (बैशाख २) आज सेयर बजारमा हरियाली देखिएको छ । बजार ४.७० अंकले बढेर ११८८.७१ बिन्दुमा अडिएको छ ।

यद्यपि कारोबार रकम भने खासै बढेको छैन । यस दिन ३० करोड ४५ लाख ७६ हजार ७ सय ८२ रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबामा १६५ कम्पनी सामेल भए । आज बैकिङ समुह ९५.८९ अंक०, होटल समुह ९२२.४९ अंक०, विकास बैंक समुह ९४।१३ अंक०, निर्जिवनबिमा समुह९६.९५ अंक०, उत्पादन तथा प्रशोधन समुह ९१०.३५ अंक० र माइक्रो फाइनान्स समुह ९४२.४४ अंक० मा हरियाली छाएको छ ।

यता जलविद्युत, फाइनान्स, जीवन बिमा समुह र अन्य समुहमा भने गिरावट आएको छ ।

आज सबैभन्दा बढी नेको इन्सुरेन्सको कारोबार भएको छ । नेकोको २ करोड ७५ लाख ५० हजार रुपैयाँँ बराबरको सेयर कारोबार भएको छ ।

कुमारी बैंकको १ करोड ९६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यसैबिच नयाँ बर्षलाई सेयर बजारले स्वागत पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्