नयाँवर्षको सुरुवातसंगै मुक्ति नाथ विकास बैंकको तिन नयाँ आकर्षक योजना
काठमाडौं, २ बैशाख । मुक्तिनाथ विकास बैंक लि.ले आफ्नो ग्राहकहरुलाई लक्षित गरी २०७६ वैशाख १ गतेदेखि लागु हुने गरी तिन नयाँ आकर्षक योजना ल्याएको छ । बैंकले भिसा डेविट कार्ड र मोवाईल बैंकिङ्ग सेवामा सुविधा थप गरेको छ । भिसा डेविट कार्ड अन्तर्गत बैंकले आफ्नो शाखाबाट इन्सटान्ट भिसा डेविट कार्ड सेवा सुविधा सुरु गरेको छ ।
यस सुविधा अन्तर्गत ग्राहकले भिसा डेविटकार्डको निवेदन फाराम बुझाएको दिनमै ग्राहकहरुले तुरुन्त भिसा डेविट कार्ड लिन पाउने छन् । त्यसैगरी मुक्तिनाथ भिसा डेविट कार्डबाट ग्राहकहरुले नेपालको जुनसुकै बैंकका एटिएमबाट विना कुनै अतिरीक्त शुल्कमा रकम झिक्न मिल्ने सुविधा पनि बैंकले थप गरेको छ । साथै मुक्तिनाथ स्मार्ट बैंकिङ्ग एपबाट नेपाल टेलिकमको नम्बरमा रिचार्ज गर्दा १०% तथा एन सेलमा रिचार्ज गर्दा ५% सम्मको टपअप बोनस सुविधा सञ्चालन गरेको छ ।
हाल बैंकले ११४ वटा शाखा तथा २२ वटा ए.टि.ए.मबाट करिब छ लाख ग्राहकलाई बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्