यी हुन् सरकारी गाडी फिर्ता नगर्ने १४ पूर्वप्रधानन्यायाधीश (सुची सहित)
काठमाडौँ , बैशाख २ । पूर्व पदाधिकारीलाई राज्यले सुविधा दिँदा तत्काल रोक्न आदेश दिने न्यायालयकै अगुवाहरुले उल्टो उदाहरण प्रस्तुत गरेका छन्।
१४ जना पूर्वप्रधानन्यायाधीशले अवकास भएको लामो समयसम्म पनि सरकारी गाडी फिर्ता गरेका छैनन्। उनीहरुले सेतो नम्बर प्लेटलाई रातो बनाएर सरकारी गाडी चडिरहेका छन्।
पूर्व प्रधानन्यायाधीशहरु ओमप्रकाश मिश्र, गोपाल पराजुली, सुशीला कार्की, कल्याण श्रेष्ठ, रामकुमारप्रसाद साह, खिलराज रेग्मी, दामोदरप्रसाद शर्मा, मीनबहादुर रायमाझी, दिलीपकुमार पौडेल, हरिप्रसाद शर्मा, केशवप्रसाद उपाध्याय, मोहनप्रसाद शर्मा, ओमभक्त श्रेष्ठ र सुरेन्द्रप्रसाद सिंहले सरकारी गाडिको दुरुपयोग गरेका हुन्।















प्रतिक्रिया दिनुहोस्