भाषण निकै पूराना भए, काठमाडौँमा कहिलेसम्म आउला चीन र भारतको रेल ?

काठमाडौँ , बैशाख २ । रेल सपना नेपालीका लागि नयाँ होइन । केपी ओली सत्तामा आएपछि मुलुकमा चाँडै रेल ल्याउँछौ भनेर गरेका भाषण निकै पूराना भइसकेका छन् । त्यसैले यति बेला आमजनताको जिज्ञासा छ– भारत वा चीनबाट त्यस्तो रेल काठमाडौँ कहिले आउला रु

चिनियाँ पक्षले प्रतिबद्धताअनुसार रेलमार्ग निर्माणमा पहल गरेको छैन भने भारतीय पक्षले पनि अध्ययन मात्र गरेको छ ।

दुवै तर्फाट काठमाडौँसम्म आउने रेलको सम्भाव्यताको प्रारम्भिक अध्ययन भएको छ । चिनियाँ पक्षले रकमसमेत निकालिसकेको छ भने भारतीय पक्षले सम्भावना रहेको बताएको छ ।
भारतको बजार सुनिश्चित नगरी चीनले नेपालमा रेल नल्याउने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्