एका बिहानै बझाङ केन्द्रबिन्दु बनाएर भूकम्प

काठमाडौं, वैशाख २ । बझाङमा केन्द्रबिन्दु बनाएर आज बिहान ४।८ म्याग्निच्यूडको भूकम्प गएको छ ।

बिहान ४ः२७ मिनेटमा सदरमुकाम चैनपुरबाट पूर्व जयपृथ्वी नगरपालिका– १, कैलाश केन्द्रबिन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्र काठमाडौंले जनाएको छ ।

भूकम्पले गरेको क्षतिबारे अहिलेसम्म जानकारीमा नआएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्