सहकारीको संख्या आधा घटाउने तयारी भइरहेको छ: मन्त्री अर्याल
काठमाडौं, बैशाख १ । भूमिसुधार, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले नेपालमा रहेका सहकारीहरुको संख्या आधा घटाउने तयारी भइरहेको बताएकी छन् ।
मन्त्री अर्यालले मर्जर र खारेजको नीति लागु गरेर सहकारीको संख्या पचास प्रतिशतले कम गर्ने तयारी भइरहेको जानकारी दिएकी छन् ।
प्रेस चौतारी र प्रेस सेन्टर स्याङजाले वालिङमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री अर्यालले सहकारीलाई आय बढाउने गतिलो माध्यम बनाउने मन्त्रालयको योजना रहेको स्पष्ट पारीन् ।
पछिल्लो समय निकै चर्चामा रहेको सरकारी जग्गा किर्तेको प्रसङ्गमा मन्त्री अर्यालले सरकारी जग्गा अवैधरुपमा जो सुकैले आफ्नो बनाए पनि कारबाही हुने स्पष्ट पारिन् । सरकार कटिबद्ध भएर छानबिनमा लागेको भन्दै मन्त्री अर्यालले त्यस्ता जग्गाहरु रोक्का राखिसकेको स्पष्ट पारिन्।
अर्यालले भनीन्, ‘यो सरकारले नै वर्षौदेखि भइरहेका त्यस्ता गतिविधि नियन्त्रणमा लिने उद्देश्यले जग्गा हत्याएको तथ्य सार्वजनिक गरेको हो ।’
भूमिहीनका लागि एकपटक मात्रै जमिन तथा विशेष प्याकेजमा कार्यक्रममार्फत सहयोग प्रदान गरिने बताउँदै मन्त्री अर्यालले सातवटै प्रदेशमा गरिब लक्षित पाइलट कार्यक्रम सञ्चालन गरिने जानकारी दिईन ।
‘
प्रतिक्रिया दिनुहोस्