सरकारले व्यक्तिका नाममा ल्याइएका सरकारी जग्गा देशभर खोज्ने, आयोग बनाएरै छानबिनको तयारी
काठमाडौं, चैत २९ । सरकारले देशभर व्यक्तिका नाममा ल्याइएका सरकारी जग्गा खोज्ने भएको छ।
मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालय र भूमिसुधार मन्त्रालयलाई त्यस्ता जग्गा खोज्न र छानबिन गर्न निर्देशन दिएको हो।
प्रधानमन्त्री निवास बालुवाटारकै सरकारी जग्गा व्यक्तिको नाममा पुगेको थाहा पाएपछि सरकारले यसलाई वृहत बनाउदै देशभर लगेको हो।
सरकारी जग्गालाई व्यक्तिको नाममा ल्याउन ठूलै भू-माफिया गिरोहको संलग्नता रहेको देखिएको छ।
यसमा पूर्व मन्त्री तथा सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेललगायत मुछिएका छन्।
स्रोतका अनुसार देशभरका यस्ता जग्गाबारे छानबिन गर्न भूमिसुधार मन्त्रालय र गृह मन्त्रालयले समन्वय गरेर आयोग गठन गर्नेछन्। आयोगको संरचना कस्तो हुनेबारे छलफल भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्