भारतीय वायुसेवा कम्पनी जेट एयवेजद्वारा नेपाल उडान स्थगित, कारण यस्तो छ

काठमाडौं , चैत २९ । भारतीय वायुसेवा कम्पनी जेट एयवेजले नेपाल उडान स्थगित गरेको छ। आन्तरिक समस्याका कारण यो वायुसेवाले नेपालमा गर्दै आएको दैनिक ३ वटा उडान रद्द गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीका अनुसार वायुसेवाले शुक्रबारदेखि उडान स्थागित गरेको छ।

यो वायुसेवाले बिहीबारसम्म नियमित उडान गरिरहेकाले शुक्रबारदेखि चार दिनका लागि उडान स्थगितको जानकारी आएको छ, उनले भने,ुतर, यसको उडान स्थागितको औपचारिक जानकारी भने आफूसमक्ष आइनपुगेको र अनौपचारिक रूपमा मात्र आफूले जानकारी पाएको हुँ।ु

वायुसेवाले विमानस्थल कार्यालयलाई उडान स्थागित गर्नुको कारण दिएको भनेपनि आफूसमक्ष भने आइनपुगेको जानकारी क्षेत्रीले दिए। वायुसेवाले बिहीबार मात्रै दिल्ली काठमाडौं दुईवटा उडान गरेको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले यो वायुसेवालाई दैनिक तीनवटा उडानको अनुमति दिएको छ। यो वायुसेवाले नेपाल नागरिक उड्डयन प्राधिरणबाट बोइङको बी७३७(८०० नामक १६८ सिट क्षमताको जहाजबाट दैनिक तीनवटा उडानको अनुमति स्वीकृत गराएको छ।

आर्थिक संकटमा परेको यो वायुसेवाले पछिल्लो समय एकपछि अर्को अन्तर्राष्ट्रिय गन्तव्यमा उडान स्थागित गर्दै जान थालेको छ। वायुसेवाले दिल्ली इन्दिरा गान्धी विमानस्थलबाट दैनिक काठमाडौंमा ३ उडान अनुमति भएपनि पछिल्ला दिनमा यसको उडान कटौति गर्दै दुईवटामा सिमिति गरेको थियो।

यसले दुई दिनअघिबाट दैनिक दुई मात्रै उडान गर्दै आएको थियो।वायुसेवाले अर्को सूचना नआएसम्मका लागि सबै उडान स्थगित गरेको बताएको टिकेटिङ एजेन्सी एस ट्राभलले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्