अबदेखि प्रदेश सरकारले दिने बिदामा प्रदेशभित्र रहेका संघीय कार्यालयमा पनि बिदा दिइने

काठमाण्डौ , चैत २८ । अबदेखि प्रदेश सरकारले घोषणा गरेका बिदाहरुमा संघीय सरकारअन्तर्गतका कार्यालयमा पनि बिदा दिइने भएको छ ।

बिहीबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रदेश सरकारले दिएको बिदाको दिन प्रदेशभित्र रहेका सबै सरकारी कार्यालयमा बिदा हुने निर्णय भएको जानकारी दिए ।

मन्त्री बाँस्कोटाले एउटै प्रदेशमा कुनै कार्यालय खुल्ने र बन्द हुने गर्दा मुख्यमन्त्रीहरुबाटै गुनासो आएको बताउँदै त्यसलाई सम्बोधन गर्न पनि सरकारले यस्तो निर्णय गरेको बताए ।

उपत्यकाको हकमा भने संघीय कार्यालयमा बिदा दिने नदिने विषयमा भने गृह मन्त्रालयले निर्णय गर्ने मन्त्री बाँस्कोटाले बताए ।

मन्त्रिपरिषद्को पछिल्लो निर्णयले संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध सुदृढ हुने मन्त्री बाँस्कोटाले बताए ।

प्रतिक्रिया दिनुहोस्